६ मंसिर, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले गोलीगठ्ठासहित चितवन आएको बताएका छन् ।भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुरकालागि विकास बहस कार्यक्रममा बोल्दै आलेले गोलि गठ्ठसहित ‘मिसन पुरा’ गर्ने गरी आएको चितवन आएकाे बताए ।
उनले भने, ‘हामी गोली गठ्ठासहित चितवन आएका हौँ, मिसन पुरा गर्ने गरी आएका छौँ ।’उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पूर्णता दिइने दाबी पनि गरे ।
भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न पहल गरिने पनि आलेले बताएका छन । उनले पटिहानीको अम्ब्रेला स्ट्रिट पर्यटकीय क्षेत्र बनेकोमा प्रशंसा गरे ।
‘धेरै अप्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सिफारिस गरेर द्रुत बजेट निकासा हुनेछ ।’
दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गर्नुभयो ।
उहाँले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाउनुभयो ।