फेरि शुरु भयो इराक पठाउने धन्दा : मानव तस्करको चंगुलमा फस्दै नेपाली युवा

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको पाइएको छ । मानव तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई हुँदै इराक पठाइरहेको स्रोतको दाबी छ । तलब सुविधा र ज्यानको सुरक्षा नभए पनि दलालहरुले इराकको रोजगारीका नाममा चार लाख रूपैयाँसम्म असुली गर्ने गरेको बताइएको छ ।

उक्त गिरोहले आकर्षक तलब सुविधाको प्रलोभन दिएर काठमाडौंमा आधा रकम लिने र आधा रकम इराक पुगे पछि दिने शर्तमा यो धन्दा चलाइरहेको इराक पुगेका एक कामदारका आफन्तले मध्यान्हलाई बताए । मानव तस्करहरुले पछिल्लो समय गोर्खा, तनहूँ, लमजुङ, काल्की लगायतका जिल्लाहरुबाट सयौंको संख्यामा सुवाहुलाई इराक पठाइरहेको बुझिएको छ । दुबईमा बराकको धन्दा गर्ने मानव तस्करहरुको निकै चलखेल बढिरहेको छ ।

विगतमा भारत र तेस्रो मुलुकका विमानस्थलबाट लैजाने तस्करहरूले हाल नेपालकै अध्यागमन र एयरलाइन्सका कर्मचारीसँगको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इराकÞ पठाइरहेको बताइएको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति उडान गर्ने फ्लाइटबाट भ्रमणको उद्देश्य नखुले पनि आर्थिक मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको पनि श्रोतले मध्यान्हलाई बतायो ।

नेपालबाट खाडी मुलुक भिजिटमा जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउनु पर्छ । मानव तस्करी गिरोहले अध्यागमनले तोकेका सबै प्रािक्रया पु¥याइदिने गरेको पनि बताइएको छ । सुरिन भुजेल/मध्यान्ह