काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि तोकेको विन्टर सिजनमा हुने उडान तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौंलाई जोड्ने गरी अनुमति पाएका छन् ।
स्वीकृति तालिका अनुसार कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाली एयरलाइन्सको उडान संख्या धेरै छ । कतार एक्लैले दैनिक पाँच वटा सम्म उडान गर्न अनुमति लिएको छ । सातामा २३० हाराहारी उडानले काठमाडौंलाई विभिन्न गन्तव्यमा जोड्नेछन् । यस अनुसार दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति जारी भएको छ । यो तालिकामा नेपाल र भारतको उडानका लागि दैनिक दुई उडानको मात्र तालीका स्वीकृत भएको छ । पछिल्लो समय नेपाल र भारत सरकारबीच यस्तो उडान बढाएर दैनिक ८ वटासम्म पु¥याउने तयारी छ ।
कुन गन्तव्यमा कति र कहिले उडान ?
एयर अरेबिया
शारजहा–काठमाडौं–शारजहा : दैनिक तीन उडान, आबुधावी–काठमाडौं–आबुधावी : दैनिक उडान एयर इण्डिया
नयाँ दिल्ली–काठमाडौं–नयाँ दिल्ली : दैनिक एक उडान एयर चाइना
छेङ्दु–काठमाडौं–छेङ्दु : दैनिक एक उडान
विमान बंगलादेश
ढाका–काठमाडौं–ढाका : दैनिक एक उडान चाइना साउदर्न एयरलाइन्स
ग्वाङझाओ–काठमाडौं–ग्वाङझाओ : दैनिक दुई उडान चाइना इस्टर्न कुनमिङ–काठमाडौं–कुनमिङ : हरेक मंगलबार
फ्लाई दुबई
दुबई–काठमाडौं–दुबई : दैनिक तीन उडान हिमालय एयरलाइन्स काठमाडौं–क्वालालाम्पुर–काठमाडौं : दैनिक एक उडान
काठमाडौं–दुबई–काठमाडौं : दैनिक एक उडान काठमाडौं–दोहा–काठमाडौं : दैनिक एक उडान काठमाडौं–आबुधावी–काठमाडौं : दैनिक एक उडान
काठमाडौं–ढाका–काठमाडौं : दैनिक एक उडान
जजिरा एयरवेज
कुवेत–काठमाडौं–कुवेत : दैनिक एक उडान कोरियन एयर इन्चेन (द. कोरिया)–काठमाडौं– इन्चेन (द. कोरिया) : सोमबार र बुधबार
मालिन्दो एयर
क्वालालाम्पुर–काठमाडौं– क्वालालाम्पुर : मंगलबार, बुधबार, बिहीबार र शनिबार मलेसिया एयरलाइन्स क्वालालाम्पुर–काठमाडौं–क्वालालाम्पुर : सोमबार, मंगलबार, बुधबार, बिहीबार (एक/एक) र शुक्रबार (दुई उडान)
नेपाल एयरलाइन्स काठमाडौं–दोहा–काठमाडौं : दैनिक एक उडान काठमाडौं–दुबई–काठमाडौं : दैनिक एक उडान काठमाडौं–क्वालालाम्पुर–काठमाडौं : दैनिक एक उडान काठमाडौं–नयाँ दिल्ली–काठमाडौं : दैनिक एक उडान काठमाडौं–नारिता (जापान)–काठमाडौं : हरेक मंगलबार
काठमाडौं–हङकङ–काठमाडौं : मंगलबार, बिहीबार र शनिबार काठमाडौं–बैंकक–काठमाडौं : सोमबार र शुक्रबार
कतार एयरवेज दोहा–काठमाडौं–दोहा : दैनिक पाँच उडान सलाम एयर मस्कट (ओमान)–काठमाडौं– मस्कट (ओमान)
टर्किस एयरलाइन्स
इस्तानबुल–काठमाडौं–इस्तानबुल : ३० नोभेम्बरसम्म (सोमबार, मंगलबार, बिहीबार र शनिबार), १ डिसेम्बरपछि (सोमबार, बिहीबार र शनिबार)
सिंगापुर एयरलाइन्स सिंगापुर–काठमाडौं–सिंगापुर : आइतबार, मंगलबार, बुधबार र शुक्रबार
श्रीलंकन एयरलाइन्स
कोलम्बो–काठमाडौं–कोलम्बो : सोमबार, मंगलबार, बिहीबार र शनिबार सिचुआन एयरलाइन्स छेङ्दु–काठमाडौं–छेङ्दु : आइतबार, सोमबार, बुधबार र शुक्रबार
अनलाईन खबर बाट