गौतमबुद्ध विमानस्थलको उडान तोकियो, मलेसिया र खाडीका यी देशबाट नियमित उडान हुने !

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

सिबी अधिकारी/ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परी’क्षण उडान (क्या’लिब्रेसन फ्ला’इट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वसम्झौता अनुरूप एरो थाईलाई क्ला’लिब्रेसन फ्ला’इट गर्न अनुमति दिएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध विमानस्थल क्या’लिब्रेसन फ्ला’इटका लागि तयारी अवस्थामा छ। क्यालि’ब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्दे’शित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो।

यसका लागि जहाज नै ल्याएर उडान-अवतरण गर्नुपर्छ। एरो थाईले क्लालि’ब्रेसन फ्लाइ’ट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ। त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ। एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो। थाई एयरवेजका लागि एटि’सीलगायत प्राविधिक जनशक्ति एरो थाईले उपलब्ध गराउने गरेको बताइन्छ।

आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशक्तिसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्लालि’ब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ। यो काम एक साता अवधिको हुनेछ। को’भिड-१’९ म’हामा’रीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त विमानस्थल केही बिलम्ब भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम प्राधिकरणले क्लालिब्रेसन फ्लाइटको टुङ्गो लगाएको हो।

महानिर्देशक क्षेत्रीले भू’कम्प, नाका’बन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको बताए। स्थानीय तहसँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो को”भि’ड-१’९ महामा’रीका कारण आयोजना प्रभा’वित बन्यो। क्यालि’ब्रेसन फ्ला’इट विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले पनि आयोजना ढिलो भएको क्षेत्रीले बताए।

महाप्रबन्धक क्षेत्रीले भने, ‘गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौं, तुरुन्त गर्नुपर्ने क्यालि’ब्रेसन फ्ला’इट, अबको एक महिनाभित्रै सक्छौं, त्यसको तीन महिनाभित्र परीक्षण उडान गरी अर्को पाँच महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना छ।’

परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्रा’ष्ट्रिय उडान हुने जनाइएको छ। विमानस्थलको टे’क्निक’ल स्टाट’स (प्रावि’धिक स्थिति) को काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताए।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लाप’रवाहीले अवरो’ध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्रावि’धिक कारण ढिला’इ भएको उक्त आयोजनालाई को’रोना’को सन्त्रा’सले थप विलम्ब बनाएको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवे’स्ट सिभिल एभि’एसन कन्स्ट्र’क्सन ग्रु’पले निर्माण गरेको हो।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुबै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ। कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।

प्राधिकरणका अनुसार हाल ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको छ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको जानकारी दिँदै क्षेत्रले एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने बताए। (रासस)