६ मंसिर, काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ९०० तोकिएको छ ।
त्यसै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि घट्यो उन्नति सहकार्य लघुवित्तको लाभांश
काठमाडौं– उन्नति सहकार्य लघुवित्तले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि घोषणा गरेको लाभांश घटाएको हो।
परिवर्तित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यसअघि लघुवित्तले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो।
राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गर्नुपरेको लघुवित्तको भनाइ छ। उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ।
हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपछि २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा पुग्नेछ।