५ मंसिर, काठमाडौं ।
सांकेतिक तस्विर।
बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । आइतबार राति ८ बजेतिर दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो ।
दशरथचन्द नगरपालिका-२ को थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको मे १ ज ३१० नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रहरीका अनुसार घटनास्थलमा उद्वारका लागि प्रहरी र स्थानीयहरू जुटेका छन् ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी
भोजपुरमा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ परेका छन् । पौवादुङ्ममा गाउँपालिका–२ खेसाङ बस्ने १९ वर्षीय वीरबहादुर पहाडीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
वीरबहादुर ती किशोरीलाई हिजो बेलुकी जबरजस्ती करणी गरी फरार भएका थिए । फरार भएका पहाडीलाई प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।