रामेछाप बासीलाई खुसीको खबर : बुद्ध एयरले मन्थलीमा अत्याधुनिक जहाजबाट उडान भर्ने

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

बुद्ध एयरले अत्याधुनिक जहाजमार्फत सेवा दिने भएको छ । पूर्वका मन्थली, पश्‍चिम पोखरा र सुदुरपश्‍चिमका लागि नेपालगञ्जमा उडान भर्ने भएको हो । विभिन्न क्षेत्रलाई हब बनाएर चार वटा जहाजबाट हवाई उडान भर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । सन् २०२३ देखि उक्त जहाजबाट उडानबाट यात्रुलाई सेवा दिने भएको हो ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर निर्माता कम्पनी भाइकिङ एयर लिमीटेडको बिक्री तथा बजार विभागका वरिष्‍ठ कार्यकारी उपाध्यक्ष रोव मोराचासँग भेटवार्ता गरेका छन् ।

सन् २०२४ मा दुई वटा जहाज थप्‍ने योजना रहेको बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । क्रमशः सन् २०२५ देखि २०२६ सम्ममा चार वटा जहाज थप्‍ने योजना रहेको प्रस्ट पारेको छ ।

बुद्ध एयरको सूचना