५ मंसिर, काठमाडौं ।
सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ ।
सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताउनुभयो । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा रु १०० बढाइएको उहाँको भनाइ छ ।
“किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ”, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भन्नुभयो, “खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।” जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको सङ्घले जनाएको छ ।
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक छ : अर्थमन्त्री
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।’
क्रिकेट रंगशाला बनाउन रकम अभाव भएपछि धुर्मुस-सुन्तली फाउण्डेशनले पछिल्लो चार महिनायता काम रोकेर बसेको छ । आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको केही दिनअघि फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले एउटा भिडियो सन्देश जारी गर्दै बताएका थिए ।
‘विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौँ । तर बिडम्बना भन्नु पर्छ विगत चार महिनायता निर्माण रोकिएको छ,’ धुर्मुसले भनेका थिए, ‘कोभिडको महामारी र लकडाउन चाडवाडमा पनि बिचलिन नभई काम गर्यौँ । तोकिएको समयमा रंगशाला बनाउनु पर्छ भनेर लागि परि रह्यौँ ।’
उनले सरकारलाई क्रिकेट रंगशालाको अभिभावकत्व लिन पनि आग्रह गरेका थिए । उनले भनेका थिए ‘सरकारलाई सुरुबाटै अभिभावकत्व लिन आग्रह गरिरह्यौँ । संघीय सरकारदेखि स्थानीय सरकारसम्म पटकपटक पुग्यौँ । सहकार्यका लागि भनेर हामी नपुगेका ठाउँ सायदै कम होला ।’
उनले रंगशाला निर्माणका क्रममा लागेको १७ करोडको ऋणको भारी बोकेर हिँडेका समेत बताएका थिए ।