एमाले अध्यक्षमा ओलीलाई भीम रावलको चुनौती

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

एमालेमा प्राय: सबै नेताहरूले दशौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै दोहोर्‍याउनुको विकल्प नभएको बताइरहेका बेला रावलले उनलाई चुनौती दिएका हुन्।

एमाले अध्यक्ष ओलीले पनि पार्टीलाई अहिले चारैतिरबाट आक्रमण भइरहेकाले सहमतिका आधारमा पार्टी चलाउनु पर्ने तर्क गरिरहेका छन्।

रावल नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए। पार्टीभित्र उनी माधवकुमार नेपालको समूहमा थिए। गत वैशाखमा एमाले विभाजित हुँदा रावलसहित नेपाल पक्षका १० नेताले उनलाई साथ दिएका थिएनन्। उनीहरू पार्टी एकता रक्षा गर्नु पर्ने भन्दै एमालेमै बसेका थिए।

रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो

भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ । पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिएरनलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको विभागका प्रवक्ता भरत गौतमले न्युज अफ नेपाललाई जानकारी दिए । उक्त समिति आजै गठन भएको प्रवक्ता गौतमले बताए ।

विभागलाई टेलिभिजनको लोगो मात्रै उद्घाटन गरिएको भन्ने जानकारी आएको प्रवक्ता गौतमको भनाई छ । यद्यपि कुरा अर्कै आएकाले छानबिन समितिले यथार्थ बाहिर ल्याउने उनको विश्वास छ ।

शुक्रबार बुढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै भएभरका नेताहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दुई विवादास्पद टेलिभिजनको उद्घाटन गरेका थिए । साे कार्यक्रममा प्रधानमन्त्री देउवाले योग गुरु रामदेवद्वारा सञ्चालित योगपिठका लागि नेपालमा जग्गा उपलब्ध गराउने समेत बचन दिएका थिए ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार आम सञ्चारमाध्यममा वैदेशिक लगानी प्रतिबन्ध गरिएको छ । तर प्रधानमन्त्री र शीर्ष नेताहरूले उक्त ऐन विपरीत विदेशी लगानीका दुई टेलिभिजन एकै दिन उद्घाटन गरेपछि चर्को आलोचना भइरहेको छ ।