भारि मात्रामा घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

सुनको भाउ आइतबार प्रोतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ रहेको थियो ।

एशियन लाइफको नविकरण बीमा शुल्क खल्तीबाट तिर्न सकिने

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो।

यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट यसरी तिर्न सकिन्छः

१. ’खल्ती’ एप लग–इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने, २. “एशियन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने, ३.“DOB“ र “Policy Number“ भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्, ४. अब सम्पुर्ण विवरण दाखिला गरी “प्रोसिड टु पे” मा क्लिक गर्ने ।

त्यसैगरी, ५ हजार रूपैयाँ भन्दा माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।