टोयोटा राइज एसयूभी नेपालमा आउदै, कति पर्छ मूल्य ?

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

आगामी डिसेम्बरभित्रै टोयोटा राइज एसयूभी नेपाली बजारमा भित्रने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो एसयूभी आगामी डिसेम्बर ल्याउने भएको हो । यो गाडीको बुकिङ समेत खुल्ला भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनयुक्त राइज नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । दुवै इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

यसमा भएको ४.९ मिटर टर्निङ रेडियसले सहज तरिकाका साथ ह्यान्डलिङ गर्न सहयोग गर्छ । त्यसैगरी २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यात्रामा हुने असहजतालाई कम गर्ने छ ।

फ्रन्ट तथा रियर पार्किङ असिस्टले गाडीलाई ठोकिन वा अन्य अप्ठेरोहरुबाट बचाउँछ । गाडीको इन्टेरियरमा भएको ७ इन्च इन्फोटेनमेन्ट सिस्टममा पछिल्लो भर्सनको एप्पल कारप्ले र एन्ड्रोइड अटो सहित आउँछ, जसबाट कनेक्टिभिटी र सेक्युरिटीमा सहयोग पुग्छ ।

आकर्षक डिजाइनमा बनेको यो गाडीले स्पोर्टि लुक्स समेत दिन्छ । अगाडीपछि एलइडि थिन हेडलाइट दिइएको छ भने पछाडिको भागलाई पनि कम्पनीले आकर्षक बनाएको छ ।

३६ लिटर इन्धन क्षमता, एलईडि इन्डिकेटर, डिजिटल स्पिडमिटर, अटोमेटिक एसि, एसआरएस ऐयरव्याग, एबिएस प्रणाली, रिभर्स क्यामेरा लगायतका मुख्य बिशेषता छन । भित्री भागमा पनि आकर्षक फिचर सहितको डिजाइन छ ।

नेपाली बजारमा यो गाडी विभिन्न ८ कलर भेरिएन्टमा उपलब्ध हुने बताइएको छ । कम्पनीले नखुलाएपनि टोयोटा राइजको मूल्य करिव ६६ लाख रुपैयाँदेखि ७२ लाखसम्म पर्ने अनुमान गरिएको छ ।

यो गाडीले नेपाली बजारमा यस अघि भित्रिएका किया सेल्टोस्, हुन्डाइ क्रेटा, जिडब्ल्यु एमसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । गते नतोकिएपनि नेपाली बजारमा यो गाडी डिसेम्बर भित्र सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।