४ मंसिर, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विषयमा धेरै ठूलो विवाद नभएको भन्दै राष्ट्रिय सहमतिमा निकाश निस्कने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अमेरिकासँग कुनै एलर्जी नभएको भन्दै सबै राजनितिक दल, नागरिक समाजसँगको छलफलपछि सहमतिमा एमसीसीको समस्या हल हुने बताएका हुन् ।
उनले विकास निर्माणको लागि अनुदान आवश्यक रहेकोले फिर्ता जाओस् भन्ने चाहना नरहेको बताए । त्यस्तै उनले नेत्रविक्रम चन्द विप्लवसँग सहकार्यको लागि छलफल भइरहेको बताएका छन् ।
विप्लवसँग छलफल भइरहेको तर पार्टी एकता भइहाल्छ भन्ने अवस्थामा पुगी नसकेको उनले प्रष्ट पारे । सहकार्य गर्दै एकतातर्फ सोच्नुपर्ने मनस्थितिमा रहेपनि अहिले नै एकता भइहाल्ने ठाँउमा नपुगेको प्रचण्डले बताए ।
सशांकसँगको भेटमा प्रकाशमानले भने–सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन्नँ
काठमाडौं–नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान महामन्त्री डा. सशांक कोइरालालाई आफू सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन नसक्ने बताएका छन् । ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा कोइराला र सिंहबीच भएको भेटवार्तामा सिंहले यो कुरा बताएका हुन् ।
नेता सिंह निकट स्रोतका अनुसार सिंहले कोइरालालाई आफू धेरै अगाडि बढिसकेकाले पावर सेयरिङको मामलामा भने छलफल गर्न सकिने बताएका थिए । नेपाली काँग्रेसको हुन लागेको १४ औ महाधिवेशनमा कोइराला र सिंह सभापतिका दाबेदार हुन् । शनिबार भएको भेटवार्तामा साझा उम्मेदवार तय गर्ने विषयमा संवादलाई निरन्तरता दिने विषयमा दुवै नेताले सहमति जनाएका छन् ।
यसैबीच कोइरालाले नेता सिंहसँग माफी मागेका छन् । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले नेता सिंहले ‘काठमाडौंबाहिर कसैले नचिन्ने भएकाले सभापतिको दाबेदार आफू भएको’ टिप्पणी गरेपछि नेता सिंह रुष्ट थिए । यही विषयमा कोइरालाले उनीसँग माफी मागेका हुन् ।