१० हजार नेपालीलाई अर्को रोजगारीको अवसर ? तलब साढे दुई लाखभन्दा बढी

रामेछाप खबर संवाददाता

काठमाडौं,४ मंसिर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् ।

नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिएका हुन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्तो अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।

श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमल बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिक मैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने बताए । सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए ।
गोरखापत्रमा खबर छ ।

साउदी अमिरको घोषणा : बिदेशी कामदारको पनि तलब वृद्धि हुने

काठमाडौँ — तेल उत्पादनको हिसाबले मात्रै नभएर अरम राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको तलब मापनमा वृद्धि गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।

साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव रहेको बताइएको छ । जुन वृद्धि तलब सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।

साउदी राजकुमार बिबिएसले अमेरिका संग सम्बन्ध सुधरको कामलाई अगाडी बढाउदै अन्तर्राष्ट्रिय नियम र कानुन बमोजिम साउदीलाई लागि रहेको अवस्थामा अप्रवासी कमदारको तलब वृद्धिको समाचार सत्य हुनेमा जानकार बताउछन् ।