मलाई ४० वर्षअगाडि बक्सिङ खेलेको याद आयो : प्रचण्ड

रामेछाप खबर संवाददाता

काठमाडौं,३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षअघि क्याम्पस जीवनमा बक्सिङ खेलेको स्मरण गरेका छन्। शुक्रबार प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले क्याम्पस पढ्दा आफूले पनि बक्सिङ खेलेको सुनाएका हुन्।

‘मैले कलेज पढ्दै गर्दा बक्सिङ खेल हुन्थ्यो, जाडोको समय मैले थोरै म्याच फिक्सिङ गर्ने कोसिस गर्थें। किनभने जाडोको समय बेसगरी हान्यो भने दुख्छ भनेर पाटनर्सलाई बिस्तार बिस्तार खेलौं भनेँ’, प्रचण्डले भने, ‘तर खेल्न थालेपछि फुलफेजमै जाने, आज मलाई झन्डै ४० वर्षअघिको त्यो खेलको स्मरण ताजा भएर आयो।’

कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले नै छाप्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताएका छन् । अनुगमन गर्न जनक शिक्षाको सामग्री केन्द्रको कार्यालयमा पुगेका मन्त्री पौडेलले जनक शिक्षाले गुणस्तर छपाइ, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकैपटक पुस्तक पुर्‍याउनुपर्ने बताए ।

उनले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउन जनक शिक्षालाई निर्देशन समेत दिएका छन् । उनले पुराना मेसिनको तथ्याङ्क संकलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिँदै भने, “तथ्याङ्कपछि नयाँ मेसिन खरिदका लागि अर्थमन्त्रालयलाई भनौँला ।”

यसैगरी, राष्ट्रिय परीक्षा बोर्डको अनुमन गर्दै उनले बोर्डलाई चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका छन् । परीक्षा अगाबै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासोको सम्बोधन गर्दै उनले भने, “परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो बढेकाले राष्ट्रसेवक कर्मचारी संवेदनशील भएर काम गर्नुपर्छ ।” परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन उनले कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

यस्तै, कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्री पौडेलले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिए । अनुगमनको क्रममा उनले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे ।