एजेन्सी ।
बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ ।
अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । र, यसमा अण्डा पनि अछुतो छैन ।
तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला । मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ । रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?
कसरी आउँछ अण्डामा रगत
यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ । तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ । अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।
छिटोछिटो पिसाब लग्छ ? सावधान, यी रोगको लक्षण हुनसक्छ?
प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।
छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।
दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।
तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।
मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।
कुलथी
अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।
अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।
मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।