काठमाडौं ।
बिश्व चर्चित गायिका सेलेना गोमेज २८ बर्षमा लागिन् । १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन । सुन्दरता र स्वारले संसारभरका करोडाै युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर…
बिश्व चर्चित गायिका सेलेना गोमेज २८ बर्षमा लागिन् । १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन । सुन्दरता र स्वारले संसारभरका करोडाै युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर राम्रै भयो। तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे।
फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदैआएको छ।
सेलेना गोमेज उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छिन् । उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाका फ्यान युवा नै बढी छन् । कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा थामिनसक्नुको हुटिङ चलिरहेको हुन्छ ।