काठमाडौं ।
यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।
ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो । तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए ।
अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए । राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए । त्यसपछि भगवान विष्णुले राहुलाई तत्काले शीर छेदन गरी ह,त्या गरे । तर अमृत पानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो ।
सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ धर्मशास्त्र अनुसार ।विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।
यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ ।
यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्वपनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।
यसैगरी ज्योतिषमा कुल १२ राशि हुने गर्दछन्। सबै राशिको ग्रह स्वामी अलग अलग हुन्छन्। यिनैका आधारमा पनि मानिसको स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जानिराखौँ यदी समान राशि हुने व्यक्तिले विवाह गर्दा उनीहरुको वैवाहिक जीवन कस्तो हुने गर्दछ।
मेष र मेषः ग्रह स्वामी मंगल मेष राशिका व्यक्ति मेहनती हुने गर्दछन्। यदी यस्ता व्यक्तिले समान राशि भएका व्यक्तिसँग विवाह गर्दा सुखमय हुने गर्दछ। वृष र वृषः ग्रह स्वामी शुक्र यी दुई राशिको वैवाहिक जीवन प्रेममय हुने गर्दछ। यिनीहरुको विवाहपनि जीवन सुखमय रहन्छ। मिथुन र मिथुनः ग्रह स्वामी बुध यस राशिका व्यक्ति शान्त र चिन्तित रहने गर्दछन्। यदी यी दुई राशिका व्यक्तिले विवाह गर्दा जीवन सुखमय हुने गर्दछ। कर्कट र कर्कटः ग्रह स्वामी चन्द्र यदी यी दुई राशिका व्यक्तिले विवाह गरेमा बीच बीचमा वाद विवाद भइरहन्छ र चिन्ता बढ्ने गर्दछ।
सिंह र सिंहः ग्रह स्वामी सूर्य यस राशिका पति पत्नीबीच कहिले काही विवाद हुने गर्दछ, तर सामान्यतया जीवन सुखमय हुने गर्दछ। कन्या र कन्याः ग्रह स्वामी बुध यदी कन्या राशिका पति पत्नी छन् भने जीवनमा मनमुटाव भइरहन्छ। असन्तुष्टी भाव पैदा हुने गर्दछ। तुला र तुलाः ग्रह स्वामी शुक्र यदी पति पत्नीकै राशि तुला छ भने वैवाहिक जीवन सुखमय रहन्छ। वृश्विक र वृश्विकः ग्रह स्वामी मंगल वृश्विक राशि हुने पति पत्नीबीच विवाद चरम हुने गर्दछ। चिन्ता र तनावको सामना गर्नु पर्दछ।
धनु र धनुः ग्रह स्वामी गुरु पति पत्नीकै धनु राशि छ भने जीवन सुखमय हुने गर्दछ। मकर र मकरः ग्रह स्वामी शनि मकर राशि हुने दम्पत्तिको जीवन सुखमय र सफल रहने गर्दछ। कुम्भ र कुम्भः ग्रह स्वामी शनि कुम्भ राशि हुने व्यक्ति निकै मेहनती हुने गर्दछन्। यस्ता राशि हुने पति पत्नीको जीवन आनन्दमय रहने गर्दछ। मिन र मिनः ग्रह स्वामी गुरु मिन राशि हुने दम्पतीको जीवन सुखमय रहन्छ ।