काठमाडौं,२ मंसिर ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ। अहिले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८० डलर तल झरेको छ। यसअघि गत अक्टोबरको सुरुवातमा कच्चा तेलको भाउ प्रतिब्यारल ८० डलर तल थियो। त्यसपछि मूल्यमा तीव्र बढोत्तरी भएको थियो। जसका कारण अक्टोबरको अन्त्यतिर प्रतिब्याजर ८६ डलरसम्म पुगेको थियो।
कच्चा तेलको भाउ घट्नुले पेट्रोल र डिजेलको मूल्य पनि घट्न सक्छ। ओपेक प्लस देशहरुले हालै डिसेम्बरमा कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका छन्। गत अगस्टबाट ओपेक प्लस देशहरुले हर महिना दैनिक ४ लाख ब्यारलले कच्चा तेल उत्पादन गर्दै आएका छन्।
डिसेम्बरबाट २० लाख ब्यारल कच्चा तेल उत्पादन गर्ने ओपेक प्लस देशहरुको तयारी छ। यसले आउने दिनमा कच्चा तेलको मूल्य प्रतिब्यारल ७५ डलरसम्म झर्ने सम्भावना छ।
लवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनुपर्छ: वन मन्त्रालय
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताएका छन् ।
बिहीबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताएका हुन् । उनले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताए ।
सचिव कँडेलले भने,‘पहिलो विषय नेपालले एकदमै कम इमिशन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तको प्रकोपलाई न्यूनिकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्दछ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छाैँ, इण्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रुपान्तरण गर्छौं, भेकललाई इ.भेकलको रुपमा ट्रान्सफर्म गर्छौं,इलेक्ट्रिक भेकलको लागि १९ बिलियन यूएस डलर दिने प्रतिवद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ ।’
सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताए । नेपालले पेरिस सम्झौताअनुसार जलवायुजन्य प्रकोपलाई कम गर्न सम्पूर्ण प्रतिवद्धताअनुरुप काम गरेको बताउँदै सचिव कँडेलले नेपाल प्रतिवद्धताअनुरुप काम गर्ने पहिलो देश बनेको पनि बताए ।