ओलीसँग भिड्न भीम रावल तयार, कुनै हालतमा पछि नहट्ने

रामेछाप खबर संवाददाता

काठमाडौं,२ मंसिर ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ । महाधिवेशन मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँने भएपछि पार्टीका प्रभावशाली नेताहरु त्यहाँ पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने बताइएको छ ।

महाधिवेशन भव्य रुपले सफल बनाउन करिब ५ करोड खर्च हुने अनुमान गरिएको छ । महाधिवेशन नजिकिदै गर्दा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । यसैबीच उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको अध्यक्षमा उम्मेद्धवारी दिने चर्चा पनि चलिरहेको छ ।

सुदूरपश्चिमको ईन्चार्ज माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका नेता लेखराज भट्टलाई माने पछि रावल ओलीसंग रुष्ट भएका छन् । आफूलाई वरिष्ठ उपाध्यक्ष दिनुपर्ने समेत माग गर्दै आइरहेका रावलले उपाध्यक्ष मै पनि राख्ने कि नराख्ने भन्ने निष्कर्ष ननिकालेको सूचना पाएपछि अध्यक्षमा उम्मेद्धवारी दिने तयारीमा लागेको बताइएको छ ।

मंगलबार महाधिवेशनकै बिषयमा छलफल गर्न रावल अध्यक्ष ओलीलाई भेट गर्न वालकोट पुगेका थिए । छलफलमा रावलले दश बुँदे सहमति कार्यान्वयनदेखि महाधिवेशन प्रतिनिधि छनौटबारे कुरा गरेका थिए ।

तर ओलीले चित्त बुझ्दो जवाफ नदिएपछि रावल निराश भएर घर फर्किए । अहिले रावलले आफु अध्यक्ष पदमा उम्मेद्धवारी दिनबाट पछि नहट्ने बताएका छन् । यसबारे रावलले आफ्नो समूहमा रहेका नेताहरुसँग पनि छलफल गरिसकेकाे बताइएको छ । क्यानाडा नेपाल