काठमाडौं, २ मंसिर।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने
काठमाडौं । छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब ८३ करोडको २७ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजन समेत ३ प्रतिशत नगद लभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।