काठमाडौं, २ मंसिर।
नेपाल सरकारको विदेश स्थित विभिन्न देशमा अवस्थित कुटनैतिक नियोग , नेपाली राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य वृद्धि गरिएको छ।
नेपाली बर्ष २०७८ साल कार्तिक २९ गते नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा सार्वजनिक गरिए अनुसार विदेश स्थित नियोग (नेपाली राजदूतावास) बाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य ५० अमेरिकी डलर वा स्थानीय देशको मुद्रा सरह मुल्य कायम गरिएको राजपत्रमा प्रकाशित गरि जनाइएको हो।
अबदेखि मलेसियाबाट नेपाल फर्किदा यात्रा अनुमतिपत्र बनाएर फर्किने नेपाली श्रमिकहरुले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाए बापत्त नेपाली दूतावासमा अमेरिकी डलर ५० , मलेसियन रिंगेट करिब आरएम २१० रिंगेट तिर्नुपर्ने भएको छ।
जबकी आज भन्दा पहिला पहिला आफ्नो सक्कली राहदानी र भिसा साथमा नभएका स्वदेश फर्किने नेपाली श्रमिकहरुले घरफिर्ती हुनको लागी ट्राभल डकुमेन्ट बनाउँदा मलेसियन रिंगेट जम्मा आरएम १६० रिंगेट तिर्नु पर्दर्थ्यो।
अहिले विश्वब्यापी फैलिएको को रोना भा ‘इरसको असर सकिन नपाउदै विदेशमा कार्यरत नेपाली श्रमिकहरुको टा”उको माथी भार पर्ने गरि यात्रा अनुमतिपत्रमा गरिएको वृद्धिले स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिक मारमा पर्ने देखिन्छ।
को”रोनाले कैयौं रोजगारदाता कम्पनी बन्द भएर अझैपनि कैयौं नेपाली श्रमिकहरु आर्थिक अभा वले स्वदेश फर्किन नपाएर विदेशमै अलपत्र परेका छ्न। आर्थिक अ भावकै बेलामा सरकारले गरेको मुल्यवृद्धीले आउँदो दिनमा श्रमिकमाथी के – कस्ता असर पर्ने हुन हेर्न बाँकीनै छ्।
मलेशिया से नेपाल लौटने वालों को यात्रा दस्तावेज बनाने के लिए 210 रिंगिट का भुगतान करना होगा