जब कुकुरको पुच्छर निधारमा पलायो !

रामेछाप खबर संवाददाता

एजेन्सी।

कुकुरको निधारमा पुच्छर छ भन्दा पत्यार नलाग्न सक्छ, तर नपत्याई सुखै छैन । अमेरिकाको मिसौरीमा यस्तै एउटा घटना भएको छ । जहाँ कुकुरको एउटा बच्चाको निधारमा पुच्छर पलाएको हो । कुकुरको त्यो बच्चा अमेरिकाको मिसौरीस्थित सडकमा भेटिएको थियो । अभियानकर्ताहरुले कुकुरलाई त्यहाँबाट लिएर गएका थिए ।

उक्त कुकुरको नाम नरवाल रहेको छ । यो कुकुर दश महिनाको भएको छ । कुकुरको रेखदेख गर्ने संस्थापक रोशेल स्टीफनले यसलाई जादुई जीव भनेका छन् ।

उनले नरवाललाई भेटेर आफू खुसी भएको पनि बताएका छन् । निधारमा आएको पुच्छर हेर्नलाई मानिसहरुको भीड लाग्ने गरेको छ । साथै सेल्फी खिच्नका लागि मानिसहरु मरिहत्ते गरिरहेका छन् । कुकुरको निधारमा पुच्छर आएपछि त्यसलाई अस्पताल लगिएको छ । साथै कुकुरको एक्स(रे पनि गराइएको छ ।

यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि, तपाईमा यस्तो बानी त छैन ?

हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् ।केही मानिसलाई शरीरका अंग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईंमा पनि यस्तो बानी छ भने सुधार्नुस् ।

औंलामा ब्याक्टेरिया
केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ ।

डण्डीफोर चलाउने
अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा हो । तर केही मानिस डण्डीफोरमा बारम्बार हात पु–याइरहेका हुन्छन् । डण्डीफोर छुँदा ब्याक्टेरिया अनुहारको अन्य भागमा पुग्छन् । अनि ती भागमा फोकाफोकी आउँछन् । फोकाफोकी छोइरहँदा डण्डीफोर चर्किरहन्छ ।

मुख
खाना खाँदा कहिलेकाहीँ केही कुरा अड्किएमा केही मानिस मुखभित्र औंला घुसाएर निकालिरहेका भेटिन्छन् । यो बानीका कारण हातका ब्याक्टेरियाहरू मुखभित्र पुग्छन् अनि मुखका चाहिँ हातमा आइपुग्छन् । यसरी ब्याक्टेरिया साटिँदा मुखका लागि खतरनाक हुन्छ । यसो गर्दा मुख गनाउने, दाँतमा पीडा हुने र सड्न थाल्ने समस्या आउँछ ।

नाक
नाकमा औंला घुसाउँदा ब्याक्टेरिया हातमा टाँसिन्छ । अनि हातको ब्याक्टेरिया नाकमा पस्छन् । नाकमा कीटाणु पस्दा सास फेर्न समस्या र फोक्सोको रोग लाग्ने सम्भावना हुन्छ । फोहोरी हात साबुनपानीले धुने गर्नुस् ।

नङ
केही मानिस नङ चपाएर बस्छन् । यसो गर्दा फोहोरी ब्याक्टेरिया पेटमा पुग्छ । कीटाणु पेटमा पुग्दा पाचनसम्बन्धी समस्या आइलाग्छ । हप्तामा एकचोटि अवश्य नङ काट्ने गर्नुस् ।