रामेछाप नगरपालिकाद्वारा दुई वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप खबर संवाददाता

काठमाडौं, १ मंसिर।

रामेछाप नगरपालिकाले दुई वटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरपालिकाले वडा नम्बर १ र वडा नम्बर ५ लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँ रकम खर्चेर दुईवटा एम्वुलेन्स खरिद गरि दुईवटा वडालाई मंगलवार एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

उक्त एम्वुलेन्सको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगर र उप–प्रमुख सृजना खड्काले सयुक्तरुपमा वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगर र वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गलाई हस्तान्तरण गरेका हुन्।

वडा कार्यालयमा एम्वुलेन्स नहुँदा गाउँमा विरामी परेको बखत, भाडाका सवारीसाधन तथा कतिपय अवस्थामा विरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने वाध्यता बाट बल्ल मुक्ती मिलेको वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गले बताए। उनले भने, ‘एम्वुलेन्स नहुँदा गाउँका नागरिकहरुले यसअघि धेरै सास्ती खेपे। कतिपय गर्भवती महिला ब्यथा लागेर उपचारको लागि अस्पतालसम्म लैजादै गर्दा बिच वाटोमा नै अकालमा ज्यान गुमाउनु प¥यो भने कतिपय जेष्ठ नागरिकहरुलाई उपचारको लागि लैजादै गर्दा अस्पताल नै नपुगी धेरैले ज्यान गुमाए। बिगतलाई फर्केर हेर्दा अबका दिनमा वडा भित्रका नागरिकहरु कसैले पनि उपचारको अभावमा ज्यान गुमाउने छैनन्।’

गाउँमा गम्भिर प्रकृतिका विरामी भएमा ती विरामीको उपचारको लागि अस्पतालसम्म लैजान यसअघि डोको तथा ओलिनकाठको प्रयोग गरिदै आएको थियो। गाउँमा सडक संचालनमा आएपछि महङ्गो मूल्य तिरेर भाडाका गाडिमा विरामीलाई अस्पतालसम्म लैजानु पर्ने वाध्यता थियो। बिरामीका आफन्तले पैसा तिर्छु भन्दा पनि भनेको समयमा यातायातका साधनहरु गाउँमा पाउन नसक्दा उपचार बिना नै धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको पिडावाट अब मुक्ती मिलेको रामेछाप नगरपालिका वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगरले बताए।