काठमाडौं, १ मंसिर।
आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो । आज सोहि मूल्यले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
कुमारी बैंकको नगद लाभांश पुग्यो सेयरधनीको खातामा
काठमाडौं : कुमारी बैंकले सेयरधनीलाई २.६७% नगद लाभांश बैंकमा खातामा पठाएको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यत, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
कुमारी बैंकको कात्तिक १६ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६% बोनस सेयर र २.६७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।