काठमाडौं।
अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ ।
यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो र डरलाग्दो जिउँदो गाइकै पेटमा ठुलै प्वाल पर्नुको कारण गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज पर्न रहेछ ।
पशुबिज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रैछ। गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् ।
यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के-कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ ।
तातो पानी पिउने बानी छ भने एकचोटी नछुटाई पढ्नुहोस है
हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।
यसका फाइदाहरु :१. तौल कम गराउँछ: तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।
२. चिसो हुनबाट बचाउँछ: यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।३. महिनावारीको दुःखाइ कम गराउँछ: महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ ।
४. शरीर सफा गराउँछ: तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।६. कपालको लागि पनि फाइदाजनक गर्छ: तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।
७. पेटलाई दुरुस्त राख्छ: तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।८. रक्त सञ्चारलाई सन्तुलन गर्छ: शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । र यसको लागि तातोपानी पिउनु लाभदायक हुन्छ ।
९. ऊर्जा बढाउँछ: सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । र पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।१०. जाडोको दुःखाइ कम गर्छ: तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्छ ।