बसले ठक्कर दिँदा पठाओ चालक र यात्रुको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० कात्तिक ।

पठाओ स्कुटर दुर्घटना हुँदा काठमाडौंको कलंकीमा चालक र यात्रु दुवैको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै सो दुर्घटना भएको थियो ।

ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुर्र्घटना भएको र दुवैजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मुत्यु हुनेमा स्कुटरचालक धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका रामबहादुर आचार्य र यात्रु बाँके घर भई हाल इमाडोल बस्दे आएका ५२ वर्षका यादवकुमार शाह छन् ।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले डक्टर दिँदा स्कुटरचालक र यात्रु घाइते भएको परिसरले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो । उपचारका क्रममा दुवैको मुत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । फरकधार