पाण्डेयको पाँच करोडको घडी विमानस्थलमा जफत, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० कात्तिक ।

भारतीय क्रिकेटर हार्दिक पाण्डेयको दुई वटा घडी भारतको भन्सार विभागले जफत गरेको छ । दुबईबाट भारत फर्किरहेका पाण्डेयसँग रहेको दुई वटा घडी मुम्बईको छत्रपति शिवाजी विमानस्थलबाट विभागले जफत गरेको हो ।

ती दुई घडीको मुल्य पाँच करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ । न्युज एजेन्सी एएनआईका अनुसार क्रिकेटर पाण्डेय​सँग ती घडी खरिद गरेको सही रसिद नभएपछि विभागले जफत गरेको हो ।

क्रिकेटर पाण्डेयले भने घडी जफत गरेको कुरा गलत भएको जनाएका छन् । ‘म आफै मुम्बई विमानस्थलमा दुबई बाट ल्याएका सबै सामानको कर तिर्न गएको थिएँ । अहिले विमानस्थलमा भएको भनेर जे कुरा बाहिर आएको छ त्यो गलत हो,’ पाण्डेयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

आफूले खरिद गरेको घडीको मुल्य १.५ करोड भारतीय रुपैयाँ भएको दाबी उनले गरेका छन् । भन्सार विभागले ती घडीमा कर कति लिने भन्ने सम्बन्धमा घडीको मुल्यांकन गरिरहको उनले बताएका छन् ।

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५ दिन तयारी गरेको नेपाली टोली बंगलादेशमा केही अभ्यास खेलहरु खेलेको थियो। त्यहाँबाट नेपाल फर्किएर लगत्तै नेपाली टोली कतार गएको थियो।

विश्वकप क्वालिफायर्सका खेलहरु भने २२ देखि २८ नोभेम्बरसम्म युएईमा हुनेछन्।

विश्वकप क्वालिफायर्समा नेपालको खेल

२२ नोभेम्बर: नेपाल भर्सेस हङकङ, २३ नोभेम्बर: नेपाल भर्सेस भुटान, २५ नोभेम्बर: नेपाल भर्सेस कुवेत, २६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया २८ नोभेम्बर: नेपाल भर्सेस युएई

नेपाली टिम

रुबिना क्षेत्री बेलबासे (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवँर, अप्सरी बेगम, कविता जोशी, सङ्गिता राई