काठमाडौं, ३० कात्तिक ।
मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २० घर जलेर खरानी भएका छन्। गएरातिसाडे १२ बजेदेखि शुरु भएको आगलागि बिहान साडे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय ठिन्ले लामाको घरमा बालेको दीयोबाट आगो सल्केर आगलागी भएको पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्रबहादुर भट्टराइले बताए।
स्थानीय बासिन्दा र सुरक्षाकर्मी तत्काल उद्धारमा खटिएकाले मानवीय क्षति हुनबाट भने जोगिएको छ। नेपाल प्रहरी, सशष्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्।
आगलागीमा परी १७ घर र ३ वटा घुम्टी पसल खरानी भएका छन्। त्यससँगै करौडौको धनमाल, जिन्सी सामान, ब्यापारिक सामान जलेर नष्ट भएको डीएसपी भट्टराईले बताए। कसको घरमा कति क्षति भयो भन्ने एकीन विवरण आउन बाँकी छ। अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताए।
मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
विराटनगर– प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ । ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनमा सदनबाट विश्वासको मत लिने व्यवस्था अनुसार प्रदेश सरकारले आज विश्वासको मत लिन लागेको हो ।
९२ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ४७ जना सांसदहरु आवश्यक पर्दछ । सो गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १४, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ४९ जना सांसद रहेका छन् ।