वैदेशिक रोजगारमा जानेले हेरौं, खोप प्रमाणपत्र प्रमाणीकरण गर्न के गर्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

QR कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण सम्बन्धी जानकारीः

फारम भर्नका लागि https://vaccine.mohp.gov.np/public-request form मा जानुहोस्, आवेदनमा चार वटा कागजात (परिचय पत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड) अपलोड गर्नुहोस् (कबुलियतनामा फारम यसै साइटमा उपलब्ध हुन्छ)

आवेदन भरिसकेपछि तपाईंको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृत/अस्वीकृत हुन्छ।आफ्नो आवेदनको अवस्था बुझ्न https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नुहोस्आ वेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नहोस् ।

आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेश गर्नुहोस् र अर्को दिन पुनः

https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको अवस्था बुझ्नुहोस् र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नुहोस्। धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्नुहोस्। यो प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन। प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट लिनुहोला।