विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस, भोलिको बन्द कडा हुने संकेत !

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकास्थानदेखि बागबजार चोकसम्म मसाल जुलुस निकालेका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलवार नेपाल बन्दको आह्वान गरेको छ। जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई आफ्नो पार्टीले मूकदर्शक भएर हेर्न नसक्ने पार्टीले बताएको छ।

नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गर्छु : मन्त्री आले

पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औं वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई १० जोड २ (प्लस टु) पछिको ४ वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।

‘वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नु हुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारबाही गर्नेछु, म आफू पनि तलमाथि गर्दिनँ र अरुलाई पनि गर्न दिन्न, विद्यार्थीको भविष्यमा खेलबाड गर्ने कसैको अधिकार छैन,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे व्यवस्था समेत आफूले सुधार गरेकोे मन्त्री आलेले बताए । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले विद्याश्रमलाई महाविद्यालय बनाउन कोषले काम अघि बढाउन लागेको जानकारी दिए । महाविद्यालयलाई स्तरोन्नति गर्दै विश्वविद्यालयकै रूपमा विकास गर्ने सोचसमेत रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल वेद विद्याश्रमका उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजयी हुने छात्रलाई पुरस्कृत गरिएको थियो ।