‘छोरा–छोरी पाल्न चोरबाटो रोजेँ’ कुबेतमा कसरि भागेर काम गरिन, कसरि जे’ल परिन, आनन्दी थापाको कथा !

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

कुवेतबाट फर्किएकी कन्चनपुरकी आनन्दी थापा बुधवार बिहान काठमाडौं एअरपोर्ट आइपुगिन् । प्रायः विदेशबाट फर्किने सबै आफ्नो लगेजसहित बाहिरिँदा बाहिर आफन्तजन पर्खेर बसेका हुन्छन् । तर उनीसँग न लगेज थियो, न कोही कुरेर बसेका थिए । उनी सँगै आउने दिदीको हात समातेर एयरपोर्टबाट बाहिर निस्किन् । सास फेर्नै गार्हो हुने उनलाई एयरपोर्टबाट बाहिरिएर चिसो हावा लिन पाउदा स्वर्ग आए जस्तो लाग्यो ।

उनलाई अरूभन्दा पनि सकुशल नेपाल आइपुग्दा पुनर्जन्म पाएजस्तो भएको छ । थापाले एकै सासमा भनिन् ‘सकुशल आइपुगुँलाझैं लागेकै थिएन । साहुको घरबाट भागेर अवै’धानिक (कुवेतको भिसा नियम उल्लङ्घन गरेको) रूपमा काम गर्दै थिएँ । लामो समयदेखिको बिरामी थिएँ । अनि भिसा पनि थिएन । दूताबासको सहयोगमा साससहित नेपाल आइपुगेँ । अब रोग त उपचार गरे ठिक होला नि ।’

नेपालबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारका रूपमा खाडी जान सरकारले रोकेको धेरै भयो । तर आनन्दी जसरी अवै’धानिक रूपमा त्यस्ता मुलुक पुग्नेको संख्या धेरै छ ।
अवै’धानिक बाटो रोजेर खाडी मुलुकमा घरेलु महिला कामदार बन्नुपर्ने बाध्यताको पृष्ठभूमि खोतल्दै आनन्दी भन्छिन्, ‘घरमा जिम्मेवारी बढ्यो । जीवन सँगै बिताउने र सुख–दुःखमा साथ दिने भनिएका श्रीमानले पनि वास्ता गर्न छोडे । अब के गर्ने ? फ्याट्ट दिमागमा आयो– विदेश ! अरू पनि त विदेश गएका छन् । जसरी पनि विदेश जान्छु र छोरा–छोरीलाई राम्रोसँग पाल्छु भने सोच आयो । तर हातमा सीप थिएन । अन्त्यमा एजेन्टमार्फत घरको काम गर्न कुवेत जाने योजना बनाएँ ।’ सरकारले नेपालबाट सिधै कुवेत जान रोकेको उनलाई पनि थाहा थियो र एजेन्टले पनि भारत हुँदै जानु पर्छ भनेको थियो । उनी थप्छिन्, ‘सरकारले ढोका बन्द गरेर झ्याल खोलेजस्तो थियो भारतीय बाटो । त्यसैले छोरा–छोरी पाल्न भारत हुँदै कुवेत जाने चोरबाटो रोजेँ ।’

ज्यान बचाउन घरबाट भागेँ
घरको दुःख घटाउन कुवेत पुगेकी थापाको काम राम्रै चल्दै थियो । तीन वर्षजति ज्यान तन्दुरुस्त थियो । तर त्यसपछि भने ज्यानले साथ दिएन । उनलाई टन्सिल भएछ । समयमै औषधि नहुँदा टन्सिल बिग्रिएर सास फेर्नै गार्हो हुन थाल्यो । ‘साउनी’ले जाँच नै नगरी लगिदिएको औषधीले रोग झन् बढेर रगतमै इन्फेक्सन भएछ, कि’ड्नीमा पनि घाउ भएछ । थापा थप्छिन्, ‘खाना पनि नरुच्ने, ज्यानै जाला जस्तो भयो । जति बिरामी भए पनि आफ्नो काम घस्रेरै भए पनि सक्नुपर्ने । तर नसक्ने नै भएपछि ज्यान बचाउन भए पनि काम गर्ने घर छोडेर भागेँ ।’

अवैधानिक हुँदाको पीडा
रोगी ज्यान लिएर घरबाट भागेकी थापा केही समय गाउँकै दिदी पर्नेकोमा श’रण लिएर बसिन् । बिरामी मान्छे घरबाट भागेपछि सरकारी अस्पातलमा उपचार हुने कुरै भएन । उनै दिदीको सहयोगमा निजी स्वास्थ्य संस्थामा उपचार गरिन् । तर घर फर्किन पनि गार्हो हुने भयो । ‘एक जना दाइले मेरो सिभिल आइडी (कुवेतको परिचय पत्र)मार्फत हेर्दा रनअवे (घरबाट भागेको) मुद्दा लगाइएको रहेछ, चो’रीको आ’रोपसहित ।

म त अलमल्ल परेँ । ज्यान अलिक सन्चो भएकाले कुवेतको साल्मियामा त्यसअघि काम गरेको पुरानो साहुको घरमा काम गर्न थालेँ । के गर्नु ! घरबाट भागेकोले सामान्य पसल (बकाला)मा खबुस(रोटी)किन्न जाँदा पनि प्रहरीले समाउने हो कि भन्ने डर हुने । त्यसैले घरमा जे दियो त्यही खाने गर्न थालेँ । कतै जान पनि नपाउने, थप उपचारका लागि जाने त कुरै भएन । अनि त फेरि बिमारले च्याप्यो’, उनले व्यथा सुनाइन्, ‘निजी क्लिनिकमा ८० केडी (करिब ३० हजार नेपाली रुपैयाँ) तिरेर सबै जाँच गरेँ । रोग त झन् बढेछ । डाक्टरले सकेसम्म आफ्नै देश जाऊ, उतै जाँच गर्दा राम्रो भन्नुभयो । त्यसैले जसरी पनि घर फर्किनै पर्ने भयो । इलिगल (अवै’धानिक) भएको बसेको हुनाले बिरामी भए पनि घर सिधा आउन नपाउने । केही व्यक्तिको सहयोगमा १ नोभेम्बरमा नेपाली दूतावासको शरणमा पुगेँ । उहाँहरूले फारम भर्न लगाउनु भयो, अनि फेरी काम गर्ने ठाउँमै फर्किएँ ।’

कुवेत जेलमा साथीहरू
थापालाई नेपाली राजदूतावासले २ नोभेम्बरमा बोलायो । ‘समान नलिकनै आउनुस्, घर जानको लागि सिधै जेलमा जाने हो’ उनले दूतावासले भनेको कुरा सुनाइन् । उनी १० किलोजतिको झोला लिएर नेपाली दूतावास पुगिन् । ‘यसरी साफर (डिपोर्टेशन) जेल जाने हामी २१ जना नेपाली दिदीबहिनी रहेछौं । हामीलाई कुवेतको जिलिबमा रहेको साफर जेलमा लगियो । जेलमा मोबाइल चलाउन नपाइने रहेछ । भित्र पस्नासाथ हाम्रो मोबाइल प्रहरीले लियो । ओहो, त्यहाँ जाँदा त दंगै परेँ’, उनले जेल अनुभव सुनाइन्, ‘सात–आठ सय महिलाहरूलाई लस्करै डबलबेडमा राखिँदो रहेछ । केही अरू देशका महिलाहरू त ९–१० महिनादेखि घर जान नपाएर त्यहीँ बसेका रहेछन् । किनकि उनीहरूमध्ये धेरैलाई चोरीको मुद्दा लगाइएको रहेछ । आफ्नो साहु आएर मुद्दा फिर्ता नलिएसम्म वा चोरिएको भनिएको रकम नबुझाएसम्म घर जान पाइँदोरहेनछ ।’

त्यहाँ उनले टिकटक बनाउँदा बच्चा खसेर मारेको भन्ने आरोपमा एक जना फिलिपिनो नागरिक एक वर्षदेखि नै त्यहाँ रहेकी उनले भेटिन् । केही अफ्रिकन महिलाचाहिँ त्यहाका डन (हाइतेहुइते) नै रहेछन् । अझ केही समय पहिले लामो समयसम्म घर जान नपाएकी एक श्रीलंकन महिलाले बाथरुममा झुन्डिएर मरेको भन्दा उनको आङ सिरिङ्ग भयो । ‘हामी दुतावासमार्फत कागजात लिएर आएकाले प्रहरीले राम्रै व्यवहार गरे । तर प्रहरीले नै समातेर ल्याएका व्यक्तिलाई भने वास्तै गर्दोरहेनछ । कतिलाई त गाली पनि गर्दोरहेछ’, उनले सुनाइन् ।

जेलको खाना
उनले कुवेत जे’लमा सुत्नका लागि भने राम्रै व्यवस्था भएको पाइन् । दुई तले खाट (तल र माथि) थियो । सात–आठ सय महिलाहरूलाई एउटै लामो हलमा राखिएको थियो । साबुन, मन्जन, ब्रस सबै आफैंले किन्नु परे पनि नुहाउन भने राम्रै व्यवस्था थियो । ‘खाना खाने समय पनि निर्धारण गरिएको हुँदोरहेछ । बिहानको खाना ६ बजे, दिनको खाना १२ः३० बजे अनि बेलुकीको खाना ६ बजे । सबै जना लाइन बस्नु पर्ने रहेछ । खानाचाहिँ प्लास्टिकको प्लेटमा दिँदोरहेछ । बिहान खबुस (सुख्खा रोटी) र लाबन(मोही), दिउँसो र बेलुकी दाल, भात र तरकारी । कहिलेकाहिँ कुखुराको मासु पनि दिइँदोरहेछ । तर अलिकति ढिला भयो भने खाना पनि नपाइने’, उनले जेल अनुभव थपिन्, ‘म त बिरामी मान्छे । ३० केडी (करिब ११ हजार नेरु) थियो, त्यसको पानी, जुस र चाउचाउ (कप नुडल्स) किनेर खाएँ । त्यो जे’ल’मा लामो समयदेखि बस्ने महिलाहरूले अत्यावश्यक खाना बेच्ने गर्दा रहेछन् । पैसा भए त जे किने पनि पाउने रहेछ ।’

जेलदेखि नेपालसम्मको यात्रा
जेलमा लगिएपछि उनी लगायत अन्य नेपाली महिलाहरूको फिङरिङ्ग (बायोमेट्रिक) गरियो । उनीविरुद्ध घरबाट भागेको मु’द्दा मात्र रहेछ । २१ जनालाई नै त्यस्तै सामान्य मुद्दा रहेछ । सबैले दूतावासलाई हवाइ टिकट र नेपालमा क्वेर’न्टाइनका लागि पैसा बुझाए । उनले पनि १३० केडी (करिब ४९ हजार नेपाली रुपैयाँ) बुझाइन् । ‘हामीलाई मंगलबार राति ११ः०० बजे उड्ने टिकट भएको जानकारी गराइएको थियो । घर जान पाउने खुसीले हर्षित थियौं । हामीलाई प्रहरीकै गाडीमा कुवेतको एयरपोर्ट पुर्याइयो । अरु यात्रु भित्र जाने बाटो भन्दा अलग बाटोबाट भित्र लगियो । प्रहरीले प्लेनसम्मै पुर्यायो । हामीलाई सिट नम्बर भएको टिकटको अधकट्टी मात्रै दिइएको थियो । प्लेनभित्रै पुगेपछि मात्र हाम्रो मोबाइल फिर्ता दिइयो’, उनले नेपाल फर्किंदाको अनुभव सुनाइन्, ‘उडान अवधिभर पनि मलाई सन्चो भएन । प्लेनमा खानाको व्यवस्था रहेनछ । जेलमा बेलुकी ६ बजे आएको खानाकै भरमा काठमाडौं आइपुगियो । उडानभरि पनि निदाउन सकिनँ । रोगको चिन्ता अनि घर कसरी चलाउने होला भन्ने चिन्ता लागिरह्यो ।’

को’रोनाको २ वटै खोप लगाएकाले उनलाई नेपालमा क्वारे’न्टाइन बस्नु नपर्ने भयो । ‘११ जना दिदी–बहिनी हिजो (मंगलबार) आए, हामी १० जना आज आएको’, उनले नेपाल आएपछि भनिन्, ‘हामीलाई कुवेतमा पि’सिआर गरिएन । त्यसैले होला, नेपालको एयरपोर्टमै पि’सिआर गरियो । एयरपोर्टबाट जे’लमा सँगै बसेको अनि यता सँगै आएको इलामको दिदीको कोठामा बल्ल आइपुगें ।’

लगेज अझै आएन
उनको लगेजमा करिब १० किलोजति सामान थियो । तर उनको मात्र लगेज आएनछ । ‘दूतावासको मान्छेले एयरपोर्टमा नपुर्याएको पो हो कि वा प्लेनको मान्छेको लापर’वाही हो, थाहै भएन’, उनी भन्छिन्, ‘एयरर्पोर्टका सरहरूले बुझिीदिन्छु भन्नुभएको छ । त्यहाँको सम्पर्क नम्बर लिएर आएको छु । खोइ, सामान पो आउने हो कि होइन !’ हतारमा झोला प्याक गर्दा उनले नेपाली पाँच हजार रुपैयाँ पनि त्यहीँ राखेकी थिइन् । झोला नआइपुग्दा उनी बेखर्ची भइन् । त्यसैकारण पनि सँगै आएकी दिदीको सहारा लिनुपर्यो । ‘मेरो कुवेतको खो’प कार्ड, सबै स्वास्थ्य परीक्षणको रि’पोर्ट पनि त्यसमै बस्यो । लगाउने कपडा र छोरा अनि छोरीको लागि किनेको एक–एक जोर कपडा पनि त्यसमै थियो । अब आउला कि नआउँला ! हात नपरे सम्म के भर ?’, पीरमाथि पीर थपिएको उनको गुनासो थियो ।

रोगकै चिन्ता
थापालाई लामै समय भयो निन्द्रा नलाग्ने भएको । साहुनीले निन्द्रा लाग्ने औषधी दिएकी थिइन् कुवेतमा । केही समय त ठिकै भयो तर त्यो औषधिले असर गरेछ । ‘मलाई साउनीले फरक खाले औषधी दिएकै कारण रगतमा इन्फेक्सन भएको भनेर डाक्टरले भन्थे । त्यो मात्र होइन मलाई टन्सिल बिग्रिएर बोल्नै र सास फेर्नै गार्हो भएको पनि एक वर्ष भन्दा बढी भयो होला । एक्सरे गर्दा किड्नीमा दाग छ भनेको छ’, उनले चिन्ता व्यक्त गरिन् । अहिले उनीसँग अस्पताल जाने पैसा पनि छैन । बुबालाई कन्चनपुरबाट ४० हजार पठाउन भनेकी छिन् । फुपूको घरमा बसेर ‘होल बडी चेक’ गराएर थप उपचार गरेरमात्रै घर जाने उनको योजना छ । उनी भन्छिन्, ‘रोगै लिएर त के घर जानू ? अब त आफ्नै देश आइयो, जसरी पनि राम्रोसँग उपचार गराएर निको भएर मात्र घर जान्छु
हरिकृष्ण न्यौपाने नेपाल वाच बाट