भोलि सार्वजनिक बिदा !

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

हरिबोधिनी एकादशीलाई लक्षित गरि भोलि सार्वजनिक बिदा दिइने भएको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको नगरसभाले भोलि बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरभित्र रहेका कार्यालय, सम्पूर्ण वडा कार्यालय, विषयगत कार्यालय र सामुदायिक विद्यालय बन्द हुने जनाएको छ ।

साथै, वडा नम्बर १ देखि १० सम्म रहेका संस्थागत विद्यालय र मातहतका कार्यालयहरु पनि बन्द रहने जानकारी गराइएको छ ।

माओवादी छाडेका झा, एमालेबाट आएका मिश्रलाई समाजवादीले राख्यो स्थायी कमिटीमा

काठमाडौँ – अरु पार्टीबाट आएकाहरुलाई एकीकृत समाजवादीले विभिन्न जिम्मेवारी दिएको छ। माओवादी केन्द्र छाडेर समाजवादी प्रवेश गरेका रामचन्द्र झा र एमालेबाट गएका वंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ।

शनिबार र आइतबार दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले झालाई स्थायी कमिटीका साथै सचिवालय सदस्यको समेत जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार मालेबाट समाजवादीमा आएका कुलप्रसाद फुयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ। त्यस्तै एमालेबाट समाजवादी प्रवेश गरेका डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ।

जोशी केही दिनअघि डडेलधुरामा एमालेको सिंगो टिम नै लिएर समाजवादी प्रवेश गरेका थिए। त्यसै गरी माले समूहबाटै प्रवेश गरेका श्यामराज राईलाई केन्द्रीय परिषद् र कारिप्रसाद यादवलाई २ नं. प्रदेश कमिटीमा मनोनीत गरेको छ।

पार्टी निर्माणबारे महत्वपूर्ण निर्णय गर्दै दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले पार्टीको संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको खतिवडाले जानकारी दिए।