पेट्रोलको मुल्यसंगै बढ्यो हवाई भाडादर, अब कहाँ जान कति तिर्नु पर्छ ? [सूचीसहित]

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । हवाई इन्धनको मूल्य बढेपछि व्यवसायीहरुले पनि भाडा बढाएका हुन् ।