पर्यटन मन्त्री प्रेम आले कात्तिक ३० गते रामेछाप आउने, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

रामेछाप, २८ कात्तिक ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछाप आउने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री आले रामेछाप आउने कार्यक्रम तय भएको हो ।

नेकपा एकीकृत समाजवादी रामेछापका इन्चार्ज देवशकंर पौडेलले यही कात्तिक ३० गते रामेछाप गाल्वा बजारमा हुने आमसभालाई सम्बोधन गर्न मन्त्री आले आउने तय भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार आमसभामा रामेछापका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

इन्चार्ज पौडेलले रामेछापमा आफूहरुको पार्टीप्रति आकर्षण बढदै क्रममा रहेको बताउदै संगठन बलियो बनाउनको लागि जिल्लाभर संगठन विस्तारको काम भइरहेको बताए । नेकपा (एस)ले सुनापति दोरम्बा र खाँडादेवी गाउँपालिकाको केन्द्र रहेको गाल्वा बजारमा पहिलो पटक ठूलो आमसभा आयोजना गर्न लागेको हो ।

माओवादी छाेडेका ज्ञान कुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु

नेकपा एमालेका जिल्ला नेता ज्ञान कुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । सुनापति गाउँ कमिटीको अध्यक्ष रहेका योञ्जन पुनः अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन सफल भएका छन् ।

उनलाई पालिका कमिटीको अध्यक्ष र महाधिवेशन बन्ने अवसर जुटेको छ । सुनापति गाउँ कमिटीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि रामकृष्ण लामा, भुवन घिमिरे, सुमन कुमार लामा, चन्द्रबहादुर मानन्नधर र रविन्स लामाले उम्मेवादरी दिएका थिए । तर सहमतिबाट प्रतिनिधि चयन गर्न निर्वाचन नगर्ने समझदारी अनुसार जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा गठित समन्वय कार्यदलले आज सहमतिको आधारमा १९ जना प्रतिनिधि चयन गरेको हो ।