काठमाडौं, २८ कात्तिक ।
काठमाडौं । सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना जारी राखेपछि आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा चोरबाटो प्रयोग गरेर अदालत प्रवेश गरेका छन् ।
यता मूल गेटमा नेपाल बार एसोसियसनको आयोजनामा आन्दोलन जारी राखेसँगै प्रन्या राणा महान्यायाधीवक्ताको कार्यालयबाट सर्वोच्च प्रवेश गरेका हुन् ।
यसअघि आइतबार पनि प्रन्या राणा सोही बाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका थिए । न्यायालय विवादका कारण लामो समयदेखि सर्वोच्च अदालतमा नेपाल बारको अगुवाइमा आन्दोलन जारी छ । आज पनि नेपाल बारको अगुवाइमा वकिलहरु आन्दोलनमा उत्रिएका छन् ।
बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ
काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतको मुल गेटबाट ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसियशनहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा अगाडी प्रदर्शन गर्दै गर्दा बारको विरुद्धमा उत्रिएका ५ जना पक्राउ परेका हुन् ।
आइतबार पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् । प्रधानन्यायाधीशलाई कार्यालयमा प्रवेशमा रोक लगाउने भन्दै बार आन्दोलनमा उत्रदै गर्दा उनीहरु बारको विरोध गर्न अदातलमा पुगेका थिए । जबराको समर्थनमा उत्रिए पछि उनीहरुलाई प्रहरीले तुरन्तै पक्राउ गरेको थियो ।