काठमाडौं, २८ कात्तिक ।
काठमाण्डौ – बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो । तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने छन् । विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन ।
बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ । खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ ।
खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ । BeAwareBahrain एपमार्फत पीसीआर परीक्षणको लागि समय लिनपर्छ ।
दक्षिण कोरियाली इपिएस भाषा परीक्षा पौष बाट सुरू हुने
लामो समयको पर्खाईपछि कम्प्युटरमा आधारित सन २०२१ को विशेष परीक्षा अर्थात सिबिटी परीक्षा खुलेको छ। दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा पुष १ गते देखि ७ गतेसम्म तोकिएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले मङ्सिर ६ देखि मंसिर ८ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ।दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो वर्षका लागि दोश्रो पटक कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा भदौ १६ गते तोकिएको छ ।
परिक्षा तालिका घोषणा मङसिर २४ गते सार्वजनिक गर्ने र परिक्षा पुष १ गते देखि ७ गतेसम्म हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल जनवरी महिनामा सार्वजनिक गरिने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आषाढ ३० देखि श्रावण ०१ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २७ गते सार्वजनिक गर्ने र परिक्षा भदौ १६ गते देखि हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल कार्तिक १५ मा सार्वजनिक गरिने भएको छ ।