काठमाडौं, २७ कात्तिक ।
काठमाण्डौ – साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्रावि’धिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको
नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले अनुम’ति दिएको हो । साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरि’कता दिने विषय समेटेको छ ।
उच्च सीप युक्त विदेशी नागरिकलाई आक’र्षण गर्न र साउदीलाई
ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ । वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ । उज्यालोअनलाइन बाट
बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने
काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ ।
बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ ।
अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिन पर्छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।
यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिन्छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्वीकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ ।
यदि बिदामा नेपाल आउनुभएको छ भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गर्नुपर्छ । विदेश उड्ने मितिले ९० दिनको श्रम अवधि नभएमा वैदेशिक रोजगारीमा जान पाइँदैन । यो खबर आजको उज्यालो अनलाइन मा छ