विदेशी पर्यटकका लागि मलेसिया जनवरी १ देखि खुल्ने, कुनकुन देशका नागरिक जान पाउँछन ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ कात्तिक ।

काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । कोरोना सङ्क्र’मण रो’कथामका लागि लगाएको प्रतिब’न्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यट’कका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टा’रले लेखेको छ ।

को’रोना महामा’री रोकथामका लागि लगाइएको प्रतिब’न्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिब’न्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापद’ण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

को’रोना सङ्क्र’मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि को’रोना सङ्क्र’मण रोकथा’मका लागि लगाएको प्रतिब’न्ध खुकुलो बनाउँदै लगेका छन् । महा’मा’रीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ ।

बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ ।

अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिन पर्छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिनुपर्छ ।

यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयको लिन सकिन्छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्वीकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ ।

यदि बिदामा नेपाल आउनुभएको छ भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गर्नुपर्छ । विदेश उड्ने मितिले ९० दिनको श्रम अवधि नभएमा वैदेशिक रोजगारीमा जान पाइँदैन