काठमाडौं, २७ कात्तिक ।
सानै देखि नृत्य र अभिनय प्रति आकर्षित रहदै आईरहेकी मोडल उषा सुवेदी भविष्यमा चर्चित भन्दा पनि कुशल मोडल तथा अभिनेत्री बन्ने सोच लिएर कला क्षेत्रमा प्रवेश गरेको छोटै समयमा आफ्नो पृथक पहिचान बनाईसकेकी छन् ।
उनले लोक दोहरी र मोडलिङको क्षेत्रमा पुराएको योगदान स्वरुप बिभिन्न संघ, संस्थाले आयोजना गर्ने सम्मान कार्यक्रमहरुमा उनले कुनै न कुनै सम्मान पाएकै हुन्छिन् ।
राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा लोक दोहरी अभियान तर्फबाट उनि सम्माति भएकी हुन् । उनले लगातार तीन वर्ष यो अवार्ड आफ्नो पोल्टामा पारेर ह्याटिक गरेकी छन् ।
विभिन्न कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी गीतकार समेत रहेकी उषाले पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । अर्थ नेपाल प्रालिले आयोजना गरेको कार्यक्रम रसियन कल्चरमा सम्पन्न भएको थियो ।