काठमाडौं, २७ कात्तिक ।
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको मौसमसम्बन्धि विवरण अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
नलगाड जलविद्युत् आयोजनाको डीपीआरमा ढिलाइ
काठमाडौँ । जाजरकोटमा बनाउन प्रस्ताव गरिएको नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुन ढिलाइ भएको छ । गत सेप्टेम्बर मसान्तभित्र डीपीआर बुझाउनुपर्ने भए पनि अध्ययन जिम्मा पाएको कम्पनीले अझै बुझाउन सकेको छैन ।
आयोजनाको सर्वेक्षण अनुमति आगामी मङ्सिर २५ मा सकिनेछ । यद्यपि एक वर्षको समय भने थप हुन सक्ने प्रावधान रहेको छ ।
जलाशययुक्त ४१७ मेगावाट क्षमताको सो आयोजना निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ तर डीपीआरको जिम्मा पाएको कम्पनी इस्मेक एमडब्लु र उदय कन्सल्टटेन्सीले हालसम्म प्रतिवेदन कम्पनीलाई बुझाउन सकेको छैन ।
आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल पौड्यालका अनुसार विद्युत्गृहको आयोजनाको संरचनामा केही परिवर्तन गर्नुपर्ने भएकाले कम्पनीले निर्धारित समयमा प्रतिवेदन बुझाउन नसकेको हो । “विद्युत्गृह कता फर्काउने भन्ने विषयमा पहिले प्रस्ताव गरिएकोभन्दा केही परिवर्तन गर्नु परेकाले केही समय बढी लागेको हुन सक्छ,” उहाँले भन्नुभयो, “आगामी फेब्रुअरीसम्ममा प्रतिवेदन बुझाउने गरी समय थप माग गरेर काम निरन्तर गरिरहेको छ । ” पूर्वप्रस्तावित ओरिन्टेसनमा भौगर्भिक समस्या देखिएपछि ५६ डिग्री ओरिन्टेसन परिवर्तन गर्नु परेको हो ।
नलगाडलाई फरकफरक कम्पनीले बनाउने गरी नयाँ मोडलमा बनाउन प्रस्ताव गरिएको छ । बाँध तथा जलाशय निर्माण एउटा र विद्युत् आयोजना अर्को कम्पनीले बनाउने गरी ‘भर्टिकल सेपरेसन’ मोडेल बनाउन खोजिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।