काठमाडौं, २७ कात्तिक ।
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ ?
सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग
पछिल्लो समय अनलाइन सपिङ गर्ने धेरैको बानी परेको छ । घरमा सहजै डेलिभरी हुने भएकाले हरेक साना ठुला वस्तुको खरिदमा सहरका मानिस अनलाइन सपिङमा निर्भर रहन्छन् । यस्तोमा एक महिलाले डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरेकी छन् । जो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो ।
विश्वका धेरै मानिस माकुरोसँग डराउँछन् । यस्तैमा एक महिला पनि घरको मुख्यद्धारमा माकुरोको डरका कारण घर बाहिर निस्कन पाएकी थिइनन् । उनले माकुरोको डरबाट मुक्ति पाउन डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरिन् । ती महिलाले अमेजन अनलाइन सपिङबाट घरमा सामान अर्डर गरिन्।
सामान अर्डर गर्दा अनलाइनमा डेलिभरी व्वाईलाई केही निर्देशन दिन सकिने व्यवस्था थियो । जहाँ सामान कति बेला ल्याउने ? कहाँ ल्याउने ? कहाँ राख्ने लगायतको निर्देशन गर्न सकिन्थ्यो । यही सुविधा उपभोग गर्दै, ग्वेन सन्चेज नामक महिलाले अमेजनबाट सामान अर्डर गर्दै रिक्वेष्ट बक्समा लेखिन्, सामानको प्याकेट फोहोरदान नजिकै राख्नुहोस् । साथै घरको मुख्यद्धारमा एउटा ठुलो माकुरो भएकाले म डरले बाहिर निस्कन सकेको छैन । यदि तपाईंले यसलाई मारिदिनु भयो भने राम्रो हुने थियो ।
डेलिभरी व्वाईले ती महिलाको समस्या र अनुरोध बुझ्दै सामान पुर्याउन आएको बेला जुत्ताले त्यस माकुरो मारिदिए ।