विश्वमै सबै भन्दा लामो नाक भएका यि ब्यक्ती, कति छ उनको नाकको लम्बाई ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

दुनियामा चर्चित हुनका लागि कहिलेकाहीँ आफ्नो नाकले पनि मद्दत गर्दो रहेछ । टर्कीका मेहमेत ओजियुरेक आफ्नो नाककै कारण विश्व किर्तिमानी हासिल गर्न सफल भएका छन् ।

ओजियुरेकको नाकले विश्वको सबैभन्दा लामो नाकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । झ अनौठो त के भने हाल ७१ वर्ष उमेरको भैसकेका ओजियुरेकको नाक अहिलेपनि लगातार बढिरहेको छ । त्यसैले उनको नाक भविष्यमा अझै लामो हुनेछ ।

उनले ११ वर्षअघि कायम गरेको लामो नाकको विश्व किर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनले यो किर्तिमान सन् २०१० को मार्चमै कायम गरेका हुन् । उनको नाकको लम्बाई ८.८ सेन्टिमिटर रहेको छ ।

अर्थात् उनको अनुहार भन्दा साढे ३ इन्च परसम्म नाक फैलिएको छ । ओजियुरेकको नाक संसारमा जिवित व्यक्तिहरुमा सबैभन्दा लामो नाक हो । तर मानव इतिहासमा सबैभन्दा लामो नाकको किर्तिमान चाहीँ बेलायतका थोमस वेडर्सको छ ।

हाल मृ’त्यु भइसकेका थोमसको नाकको लम्बाई १९ सेन्टिमिटर थियो, जुन कल्पनै गर्न नसकिने लम्बाई हो । एजेन्सीको सहयोगमा