काठमाडौं, २६ कात्तिक ।
नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।
बुद्धभुमि नेपालको शेयर सूचीकरण ढिलाई किन ?
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अझै सूचीकरण हुन सकेको छैन् । बाँडफाँड भइसको लामो समयसम्म भइसक्दा पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन् नसकेको हो ।
कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको कम्पनीले जनाएको छ । यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।
सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न केही समय लाग्ने भएकाले शेयर सूचीकरणमा समय लम्बिएको हो ।
सिद्धार्थ क्यापिटलले अबको केही दिनमा सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ ।