काठमाडौं, २६ कात्तिक ।
कानुन व्यवसायीहरूको धर्नास्थलमा परिचालन गरिएको प्रहरी धर्नास्थलबाट हटाइएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा धर्नास्थलबाट प्रहरी हटाइएको नेपाल बार एसाेसिएसनका सचिव लीलामणि पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए। पौडेलले गृहमन्त्री खाणलाई फोन गरेपछि खाणले प्रहरी हटाउन निर्देशन दिएका थिए।
आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी
काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन्।
विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन्।
निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।