काठमाडौं, २६ कात्तिक ।
अब टिकटक प्रतियोगीतामा सहभागी भएर उपहार पनि जित्न सकिने भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ टिकटकले लोकप्रियता हासिल गरिरहेको अवस्थालाई ख्याल राखेर प्रतियोगिता आयोजना गर्न लागिएको छ । टिकटकसम्बन्धी रियालिटी सो सुरु भएको छ ।
अहिले टेलिभिजनमा नृत्य, गायन, हास्य, प्रहसन तथा अन्य साहसिक विषयमा रियालिटी सोहरू चलिरहेका छन् । यही क्रममा टिकटक चलाउनेहरूबीच पनि रियालिटी सो सुरु गरिएको हो । शिखर टिकटक स्टार नेपाल रियालिटी सो २०७८ को बुधबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै घोषणा गरिएको छ । टिकटक स्टारले ३५ लाख रूपैयाँको कार पाउनेछन् ।
शिखर नेपाल प्रालिले आयोजना गर्ने यो रियालिटी सोमा अभिनय, गायन, नृत्य तथा क्रियटिभ विषयमा प्रतिस्पर्धा हुने भएको छ । बुधबारबाटै यसको प्रतियोगीहरूका लागि भिडियो अडिसन सुरु भएको छ ।
टिकटक स्टार नेपालको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल, वर्षा सिवाकोटी र अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । टिकटक स्टार’वाउटले आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री गौरीले टिकटक रियालिटी शो आयोजना गर्नुको कारणवारे खुलाएकी थिइन् ।
उनले भनिन्, ‘अहिले टिकटकले संसारका कैयौंलाई डिप्रेसन हुनबाट जोगाउनुका साथै आफ्नो विभिन्न प्रतिभा प्रस्तुत गर्न सघाएको छ ।
निकै छोटो भिडियोबाट संसारको भन जितेको यो विधामा जोडिएका प्रतिभालाई माथि उठाउन यो कार्यक्रम गरिएकोमा खुसी लागेको छ ।’ आफूहरूले ती प्रतिभाहरूको अभिनय, नृत्य, क्यारिकेचर तथा अन्य विभिन्न कलाको मूल्यांकन गर्दै उत्कृष्ट चयन गर्ने पनि अभिनेत्री गौरीले बताएकी छन् ।