काठमाडौं, २५ कात्तिक ।
नेपाली गित संगीतको क्षेत्रमा एक पछी अर्को गित बजारमा आउने क्रममा शारदा रसाइली र अशोक पान्डेको आवाज रहेको ”सल्लेरी पाखैमा” बोलको गित सार्वजनिक भएको छ । गीतमा शब्द पुरु लम्साल,सङ्गीत / एरेन्ज नारायण दङ्गाल, ध्वनि मिश्रण नारायण दङ्गाल, स्टुडियो म्युजिक प्लस को रहेको छ।
अशोक पान्डेको निर्देशन रहेको भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन दिन्सन शाह, र सह सम्पादन उपेश कोईरालाले गरेका हुन । आई क्याच स्टुडियोको निर्माण रहेको भिडियोमा अशोक पाण्डे, रोशनी सापकोटा,पुष्पराज अवस्थी,सोबर्स घिमिरे (ढुकुरे डन), शंकर खनाल (चस्मावाला),लोकेन्द्र भण्डारी (उतो),बिनिता पौडेल, बिन्दु पौडेल,उषा नेपाल, देब बराल,महेन्द्र ढकाल,मनोज कंडेल,बिमल पाठक(पिंडालु),नम्रता शर्मा, बिन्दु पाठकको अभिनय देख्न सकिन्छ, गीतको नृत्य निर्देशन भने माधव श्रेष्ठले गरेका छन।
शम्भु भण्डारी र पुष्पा पाठक निर्माता रहेको भिडियोको व्यवस्थापन भने शन्तोष कार्कीले गरेका हुन्। मिडिया पार्टनर ओमकार टेलिभिजन रहेको भिडियो ‘Ashok Pandey Official’ युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :