काठमाडौं, २५ कात्तिक ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धा’रि’लो ह’ति’या’र प्र’हा’र गरी ह’ ‘त्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताउनुभएको छ । उहाँले अझै पनि घटनामा सं’लग्न केही फ’रार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् ।
प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी।
बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’
उनका अनुसार चिसापानीका नविन रावलको समूहले उनको ज्यान लिए । ‘विभिन्न घटनामा सं’लग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने।’
शाही थरका युवकलाई भूपेन्द्रमार्फत बोलाउने र सक्ने गो;प्य योजना नवीन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मा’ ‘र्ने योजनाबारे भूपेन्द्र जानकार थिएनन्’, बडुवालले भने,‘टीकापुरमा नवीनको गि’रो’हका युवक जम्मा भएको देखेपछि भूपेन्द्रले सम्भावित ख’त’रा आँकलन गर्दै भा’गे’र उ’म्कन खोज्दा नवीनको गि’रो’ह’ले ह’ति’या’र प्र’यो’ग गरेर भूपेन्द्रको ह’ ‘त्या गरेको हो। शाहीको ह’ ‘त्या योजना बाहिरिने डरले ट्र’याप’मा पा’रे’र ल’खे’टी-ल’खे’टी बडुवालको ह’ ‘त्या गरिएको हो।’