बिहानै आयो दुखद खबर :ट्रकको ठक्करबाट स्कुटर चालक २१ वर्षका सोप्निल लामाको निधन !!

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

काठमाण्डाै – काठमाण्डौको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि पुर्याएलगत्तै बीएण्डबी अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् ।

तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ ।

भारतबाट केरा आयात हुँदा कैलालीको केरा किन काठमाडौं आएन त ? कैलालीको केरा किन कुहिने अवस्था आयो त ? नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँको स्पष्ट जवाफ छ, ढुवानीको समस्या ।

बानियाँ भन्छन्, कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पु¥याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात गर्नुप¥यो ।’

बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पु¥याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो ।

‘उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या छ । कैलालीमा उत्पादित केराले यो समस्या भोगिरहेको छ,’ बानियाँले भने ।

ढुवानी मात्रै होइन, नेपाली उत्पादनमा ग्रेडिङ गर्ने प्रणाली पनि छैन । ग्रेडिङ नहुँदा पनि धेरै सामान कुहिने गर्छ । ग्रेडिङ राम्रो नहुँदा किसान र व्यापारी दुवैलाई नोक्सानी हुन्छ ।

‘सामान ढुवानीमा सहजता र राम्रो ग्रेडिङ गेरर सामान बजारमा पठाउने हो भने भारतबाट केरा आयात गर्नुपर्ने अवस्था नै छैन, नेपालमै उत्पादित केरा राम्रो छ, ढुवानीमा असहजता र ग्रेडिङको अभावमा नेपाली किसानको केरा खेतमै कुहिने अवस्था छ,’ अध्यक्ष बानियाँ भन्छन् ।

उनले यो वर्ष ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात गरेर तिहारका लागि आवश्यक मागलाई आपूर्ति गरेको बताए । त्यस्तै, यो वर्षको तिहारमा मात्रै ३ करोड रुपैयाँबराबरको सुन्तला भारतबाट आयात गरिएको छ । नेपालमै सुन्तलाको उत्पादन पर्याप्त हुने भए पनि नेपाली सुन्तला पाकी नसकेकाले भारतबाट आयात गरिएको हो । नेपाली सुन्तलाको तुलनामा भारतीय सुन्तला स्वादिलो हुँदैन ।

नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष बानियाँले अनार करिब १ करोड रुपैयाँ र मेवा करिब १ करोड रुपैयाँको आयात भएको बताए । उनले चीनको नाका बन्द हुँदा यसपटक स्याउ धेरै महँगो भएको बताए ।