नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ कात्तिक ।

काठमाडौँ– आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन ९२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइपीओ ल्याउन लागेको उपकार लघुवित्तले यस्तो निकाल्यो वित्तीय विवरण

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८१.७६% ले थोरै हो । गत वर्ष यस कम्पनीले २ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी पनि ६.७९% ले घटेर ३ करोड ८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले ३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नोक्सानमा हुँदा कम्पनीको नाफा घटेको हो । असोज मसान्तसम्म ८३ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ करोड १३ लाख रहेको छ । कम्पनीको खराब कर्जा पनि बढेर २.८८% भएको छ । गत वर्ष यसको खराब कर्जा २.७०% रहेको थियो ।

कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।