काठमाडौं ।
त्यो जिन्स प्यान्टको दाहिनेपट्टीको खल्तीमाथि हुने सानो खल्तीलाई त सबैले याद गर्नुभएकै होला। त्यसैको ठ्याक्कै तलपट्टी त्यत्रो ठूलो खल्ती हुँदाहुँदै किन सानो खल्ती राखिएको होला? गोप्य खल्ती हो भनौँ भने ठ्याक्कै देखिने ठाउँमा नै छ।Use of Small Pocket of Jeans Pant (2)
त्यसो भए, त्यो सानो खल्तीको काम के हो त?
जिन्स प्यान्टको फेसन आउन थालेदेखि मानिसहरूले त्यो खल्तीलाई धेरै कामको लागि प्रयोग गर्दै आएका छन्, तर सायद धेरैलाई यो के को लागि हो भनेर थाहा नहुन सक्छ। गितार बजाउनेहरू अधिकांशले यो खल्तीमा ‘गितारको पिक’ राख्ने गरेको पाइन्छ।
ठूलो झोलामा सानो पेन ड्राइभ राख्दा चाहिएको बेलामा भेट्टाउनै गाह्रो हुन्छ, त्यो त सबैलाई थाहै होला। यहि कारणले गर्दा पनि अधिकांशले त्यो सानो पेन ड्राइभलाई सानै खल्तीमा राख्ने गर्दछन्। कसैले यसलाई ‘कण्डम राख्ने खल्ती’ पनि भन्छन्। धेरैले यो सानो खल्तीमा पैसाको सिक्का राख्ने गर्छन्।आ-आफ्नै प्रयोजनको लागि यो खल्तीको
प्रयोग हुने भएपनि यसको सुरुवात के को लागि भएको थियो? वास्तवमा, यो खल्तीमा घडी राख्नको लागि बनाइएको थियो
रातीमा काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम
बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ ।breast-cancer-112527016
ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ ।
अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
“हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने।
“रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,” एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने ।